टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट संकलन
पाेखरा | फागुन ७, २०८०
पोखरा: टीम पोखरा मल्टिपर्पोज प्रालिले आयोजना गरेको रक्तदानबाट १ सय ५ युनिट रगत संकलन भएको छ ।
युवा व्यवसायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रालिको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रमा १ सय ५ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका ८ का वडाध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै वडाध्यक्ष बरालले युवाहरु विदेश पलायन भइरहेको परिप्रेक्षमा युवा व्यवसायीहरुद्धारा स्थापित टीम पोखरा मल्टिपर्पोेज प्रालिले व्यवशायसँगै सामाजिक कामलाई निरन्तरता दिनु आफैमा गौरवको विषय भएको बताए ।
टीम पोखरा मल्टिपर्पोज प्रालिले आगामी दिनमा आयोजना गर्ने सामाजिक तथा व्यवसायीक क्रियाकलामा सहकार्य गरेर अगाडी बढ्ने वडाध्यक्ष बरालको भनाइ थियो ।
त्यस्तै समाजसेवी राजु पौडेलले युवाहरु विदेश पलायन भइरहदा युवाहरुले व्यवशाय सञ्चालन गरी संस्था स्थापना गरी सामाजिक कार्य गरेकोमा सामाजिक काम प्रति आभार प्रकट गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

त्यस्तै नेपाल फर्निचर तथा फर्निसिङ व्यवशायी संघ कास्कीका अध्यक्ष पूर्णशोभा गुरुङले व्यवशायीहरुले आफ्नो व्यवशाय संगै सामाजिक क्रियाकलापलाई अगाडी बढाएकोमा धन्यवाद व्यक्त गरिन् ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र गण्डकीका प्रतिनिधि यमुना केसीले हरेक तीन तीन महिनामा खेर गइरहने रगतलाई रक्तदान गरी रगतको अभावलाई पूरा गर्न सहयोग गरेकोमा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरिन् ।
टीम पोखरा मल्टिपर्पोज प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका संयोजक दिनेश कुमार जिसीले धन्यवाद मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

